उप प्रधा मन्त्री तथा गृहमन्त्री रवि  लामिछाने काे मुद्दा  को  सुनुवाइ सकियाे आजै फैसला हुने

माघ १३गते :उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

आज गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरूले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको थियो ।

आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नेबारे कुनै तय भएको छैन । मुद्दाको आदेशबारे न्यायाधीशहरू फैसलाको छलफलमा जुटेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *