स्वदेश फर्कौ हामी मरेर भय पनि देशलाई बचाउनु पर्छ; दिबश सापकोटा
दिबश सापकोटा म्याग्दी ,हाल जापान
गजल ,
मैले दुस्मनको सामु केही गरेर देखाउनु पर्छ
यो कोमल मुटुलाई पनि पत्थर बनाउनु पर्छ
ए प्रीया घरीघरी मुटु किन मागी रहन्छ्यौ
मुटुमा आमा अटाउनु पर्छ देश अटाउनु पर्छ
हामी यस्तो देशका नागरिक हौ अनौठो छ
जहाँ न्यायको लागि सडकमा कराउनु पर्छ
हिड्नुहोस साथी अब सबै स्वदेश फर्कौ
हामी मरेर भय पनि देशलाई बचाउनु पर्छ
दिबश सापकोटा म्याग्दी ,हाल जापान