शेयर कारोबार लगबग २२अर्व जति को कारोबार
साउन १६गते :सेयर कारोबार मापक नेप्से परिसूचक ६४.२७ अंकले बढेको छ । दुई दशमलव ३८ प्रतिशतले बढेको नेप्से २७६०.९१ सीमित भएको हो । कुल ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।
कुल १९१ कम्पनीको सेयर मूल्य बढ्यो भने ४४ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो । जिवन बीमा २६४.७०, फाइनान्स उपसमुह २६२.२८, निर्जीवन बीमा २४३.६२, होटल तथा पर्यटन २१०.०५ अंकले बढेको छ ।
युनाइटेड अजोड इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाय सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कुथेली बुखारी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।
कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरन्स, माउन्टेन इनर्जी नेपाल, शिवम् सिमेन्ट अघि रह्यो । हिमालयन रिइन्स्योरन्सको ८४ करोड ४९ लाख ९४ हजार रुपैयाँको कारोबार भयो ।