ट्रम्पविरुद्ध समाचार लेख्ने एबीसी न्यूजलाई १५ मिलियन डलर जरिवाना
काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ ।
बीबीसीका अनुसार ट्रम्प ‘बलात्कार का लागि जिम्मेवार’रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा एक समाचार सामग्री प्रकाशित गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मामिला सल्टाउन १५ मिलियन डलर भर्न तयार भएको हो ।
सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित डोनाल्ड ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नेछ ।