नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुनको मूल्य एक लाख ४९ हजार ८ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदीको मूल्य एक हजार ८०५ रुपैयाँ थियो।