राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता खिच्ने

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने घोषणा गरेको छ।

बैंकले निक्षेप संकलन उपकरण मार्फत बोल कबोलको प्रक्रियाबाट ७० अर्ब रुपैयाँ तरलता खिच्न लागेको जानकारी दिएको छ। यसका लागि २१ दिनको अवधिको निक्षेप संकलन उपकरणको ब्याज दर बोल कबोलबाट तय हुनेछ।

आइतबार बोल कबोलको माध्यमबाट निक्षेप संकलन गर्ने प्रक्रिया सुरू हुनेछ । यसका लागि साँवा र ब्याज भुक्तानी ६ माघमा गरिने राष्ट्र बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको शुरुआतदेखि नै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर तरलता खिचिरहेको छ। जसले बजारमा अत्यधिक तरलताको अवस्थालाई व्यवस्थापन गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *