नेप्सेमा २१.१२ अंकको गिरावट, ५ अर्ब ४७ करोड बढी कारोबार

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से सूचकांक २१.१२ अंक घटेर २६०९.५८ विन्दुमा बन्द भएको छ।

आज ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। यस अवधिमा ६९ कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १७२ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीका शेयरमूल्य भने स्थिर रहेका छन् ।

आजको कारोबारमा महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी मुनाफा कमाए भने पाँच कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन्।

शेयरमूल्यमा नकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, जानकी फाइनान्स र सिन्धु विकास बैंक रहेका छन्। जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *