आज सुनको मुल्य घट्यो,कतिमा हुदैछ कारोबार ?
काठमाडौं : मंगलबार सुनको मूल्यमा १ हजार रुपैयाँको गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबार दिन सुनको मूल्य १ लाख ५० हजार ६ सय रुपैयाँ रहेको थियो।
यसैगरी चाँदीको मूल्यमा पनि ३० रुपैयाँको कमी आएको छ। अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १७६५ रुपैयाँमा झरेको छ।