रास्वपा लमही नगर कमिटीका उपसभापति दिनेश आचार्य एमाले प्रवेश

रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमही नगर कमिटीका उपसभापति दिनेश आचार्य नेकपा एमालेमा सामेल भएका छन्।

आचार्यले रास्वपाबाट परिवारवाद, संगठन निर्माणमा विचलन, समाज रुपान्तरणको लागि दूरदृष्टिको अभाव र इमानदार, ऊर्जावान साथीहरूलाई बाहिर गर्दै पार्टीको कार्यशैलीमा असन्तुष्टि व्यक्त गरेका थिए। यी कारणले उनले पार्टी छोड्ने निर्णय गरेका हुन्।

रास्वपा परित्याग गरेपछि आचार्यलाई नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, नगर अध्यक्ष रतनकुमार केसी लगायतले स्वागत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *