लगातार पाँचौं दिन पनि बढ्यो नेप्से,५ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ६.१६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ४६.८४ बिन्दुमा पुगेको हो । अघिल्ला चार कारोबार दिन सामान्य बढेको नेप्से मंगलबार पनि सोही प्रवृति पछ्याएको हो ।

उक्त दिन कारोबारमा आएकामध्ये १२६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १०७ वटाको घट्यो भने बाँकी १० वटा कम्पनीको स्थिर रहयो ।

६६ हजार ६ सय २६ पटकको कारोबारमा १ करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये बैकिङ, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक घटेको हो । बाँकी सबै उपसमूहको परिसूचक बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *