न्यायाधीशसँग रवि लामिछानेको याचना: तारेखमा छुट्न पाए हुन्थ्यो
पोखरा : पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सात आरोपितहरूको थुनछेक बहस बिहीबार सकिएको छ। मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूको भविष्य अब कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको हातमा रहेको छ।
बुधबार सहकारी पीडित पक्षका वकिलहरूले आफ्नो बहस पेश गरेपछि बिहीबार सरकारी वकिलहरूको जवाफी बहस पनि सम्पन्न भएको छ। अब सबैको ध्यान अदालतको आदेशमा के कस्तो निर्णय आउँछ भन्ने कुरामा केन्द्रीत छ।
जवाफी बहसको समाप्ति पछि न्यायाधीश राईले सबै आरोपितलाई बोल्ने अवसर दिनुभएको थियो। पूर्वगृहमन्त्री रवि लामिछानेले न्यायाधीशसँग याचना गरेका थिए । उनले आ तारेखमा छुट्न पाएपनि हुने थियो भन्ने याचना गरेका थिए ।