प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौं : प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका(१ लुक्लाका स्थायी बासिन्दा शेर्पा कलेजोसम्बन्धी समस्याबाट पीडित थिए । एक सातादेखि उनको ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिकाका वडाअध्यक्ष फुनुरु शेर्पाले जानकारी दिए।

चुङ्बा शेर्पाका दुई छोरा र तीन छोरीका छन्। नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहेका शेर्पा खुम्बु पासाङल्हामु गाउँपालिका नेपाली कांग्रेसका सभापति थिए। पर्यटन क्षेत्रमा समेत सक्रिय रहेका उनी चौंरीखर्कका पूर्व गाविस अध्यक्ष समेत हुन्।

आफ्नो कला र लगनशीलताका कारण लोकप्रिय रहेका शेर्पा केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय फोटोग्राफी संस्थासँग आबद्ध थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *