समयको अभावका कारण लामिछानेका वकिलको बहस आज हुन सकेन

काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक मुद्दामा आज पीडित र सरकारी वकिलको बहस सम्पन्न भएको छ।

आज काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा पीडित र सरकारी वकिलले आफ्नो पक्षमा बहस गरेका छन्।

तर, समयको अभावका कारण रवि लामिछानेको वकिलले आज बहस प्रस्तुत गर्न सकेनन्।

अब केहीबेरमा अदालतले रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मामा छोड्ने भन्ने निर्णय गर्नुपर्नेछ। अदालतको आदेश अब बुधबार आउने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *