आशिका तामाङ पक्राउ, पशुपतिनाथ मन्दिरमा प्रहरीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं : पछिल्लो समय सामाजिक अभियन्ताका रुपमा चर्चा पाइरहेकी आशिका तामाङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले आशिकालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

केही दिन अघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई अहिले गौशाला वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

उनले हालै सामाजिक सञ्जालमा आफूलाई समाज सुधारकका रूपमा प्रस्तुत गर्दै चर्चामा आएकी थिइन्। पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीसँग गालीगलौज गरेको प्रकरणका कारण प्रहरीले उनलाई पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *