थुनछेक बहसका लागि रवीलाई अदालत उपस्थित गराइयो , फैसला आजै हुन सक्ने सम्भावना

काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएको थियो।

सो दिन बयान पूरा नगरेपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिरासतमा पठाउने आदेश दिएका थिए। सोमबार पनि थुनछेक बहस गरिएको थियो, उक्त दिन लामिछानेका वकिलहरूले अनुसन्धान बाहिर राखेर गर्न अनुरोध गरेका थिए । तर न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई निरन्तरता दिँदै बुधबारदेखि फेरि सुनुवाइ जारी रहने बताएका थिए।

पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो। यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने २६ पुसमा रिहा भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *