कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु, महत्वपूर्ण प्रस्ताव र विधेयक पेस हुने
विराटनगर : कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेशसभाको बैठक दिउँसो २ बजे बोलाइएको छ।
प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गरिनेछ।
बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। यसअघि गत असोज ४ गते पाँचौँ तथा वर्षे अधिवेशन अन्त्य भएको थियो।