अर्थमन्त्री पौडेलको दाबी : यो सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले हालको सरकार केवल शब्दहरूको मात्र नभई काम गरेर जनतालाई आशा दिने लक्ष्यमा रहेको बताउनुभएको छ।
राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव समारोहमा भाग लिँदै पौडेलले वर्तमान सरकार समस्याहरू समाधान गर्दै अगाडि बढिरहेको र निराशालाई आशामा बदल्ने उद्देश्य राखेको बताउनुभएको हो।
उहाले भन्नुभयो, “अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै जानेछौं। सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउनेछ। हामी देश छोड्ने वातावरण हटाउन निरंतर प्रयास गर्दैछौं।”
अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्र दबाबमा रहे पनि त्यसलाई चिर्ने प्रयासमा सरकार अग्रसर रहेको बताउनुभएको छ । साथै उहाले बैंकहरूलाई आगामी दिनमा अझ राम्रो सेवा र प्रगति गर्नका लागि आवश्यक निर्देशन पनि दिनुभएको छ।