रवि लामिछानेमाथि सुप्रिम सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु

रूपन्देही : सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस सुरु भएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस प्रक्रिया आरम्भ भएको हो। लामिछानेको बयान हिजो सम्पन्न भइसकेको छ।

अदालतले आज बिहान १० बजे उपस्थित हुने सर्तमा हिजो हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छोडेको थियो।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कात्तिक २७ गते बुटवल लगेर बयान लिइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *