अमेरिका पठाउने भन्दै १ करोड ठगी गर्ने  युवक पक्राउ

काठमाडौं : अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलवमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेको आरोप छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *