भारतमा नेपाली छात्राको मृत्यु र नेपालका विद्यार्थीलाई कलेजबाट निकालिएकोबारे प्रधानमन्त्रीले यस्तो भने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कुटनीतिक सम्पर्कमा रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सामाजिक संजालबाट सरकारको धारणा सार्वजनिक गर्दै नेपाली विद्यार्थीलाई जबर्जस्ती कलेजबाट निकालेको विषयसमेत जानकारीमा आएको र यसबारेमा कूटनीतिक तवरले बुझने काम भइरहेको जनाएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।

कलिंगा कलेजमा नेपाली छात्रा बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि विद्यार्थीले सत्य तथ्यको माग गर्दै प्रदर्शन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई जबर्जस्ती निकालेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *