संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी, निर्णय पर्खिँदै सभामुख

जेठ ११, शुक्रवार,

संघीय संसद्का विपक्षी दलहरूको बैठक बसिरहेको छ । आज (शुक्रबार) ११ः०० बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा उक्त दलहरूको बैठक बसिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी सिदए ।

बैठकमा नेपाली कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन ।

आज बस्ने प्रतिनिधिसभा बैठकको रणनीति बनाउन विपक्ष दलको बैठक बसिहरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *