बिश्व कप फुटबल खेल मा आज चार खेल हुँदै

मङ्सिर २४गते :कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा पुगेको थियो । स्विट्जरल्यान्डलाई हराएर पोर्चुगल पनि क्वाटरफाइनलमा पुगेको थियो ।

यस्तै, अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्यान्डले सेनेगललाई हराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *