भुटान को पारो फुटबल क्लबले नेपाल को चर्च ब्वाइज युनाइटेडलाई हरायाे

साउन २९गते  :शहीद स्मारक ए डिभिजन लिग विजेता क्लव चर्च ब्वाइज युनाइटेडलाई हराउँदै भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब विजयी भएको छ ।

दशरथ रङ्गशालामा भएको एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल अन्तरगत भएको प्रतिस्पर्धामा पारो २-१ ले विजयी भयो । पहिलो हाफमा दुबै तर्फबाट १-१ गोल भएकोमा दोस्रो हाफको सुरुवातमै पारोले थप एक गोल गर्दै विजयी भएको हो ।

पहिलो हाफको खेलमा चर्च ब्वाइजले ३८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । तर त्यसको दुई मिनेट मै पारोले बराबरी गोल फर्कायो । चर्च ब्वाइजका मोजेजको हेडर पासमा लाकेन लिम्बुले पहिलो गोल गरेका थिए ।

लगत्तै पारोका किंगा वाङचुकले बराबरी गोल फर्काए ।

आजको विजेता टोलीले एएफसी च्यालेन्ज लिग खेल्नेछ ।

मैदानको अवस्थाका कारण एशियाली फुटबल महासङ्घ एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन प्रतिबन्ध लगाएको दशरथ रङ्गशालाको प्रतिबन्ध हटेपछि आज पहिलो फुटबल प्रतियोगिताको आयोजना भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *