साउन ३०गते बुधवार को राशिफल हेर्नुस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यवसायिक काममा पनि केही चुनौती देखा पर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सवारी तथा हात हतियारको उपयोग सावधानी साथ गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । आर्थिक पक्षमा उन्नति भएपनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । रिसको कारणले हातमा आएका अवसर गुम्न सक्छन् । विभिन्न अवसर प्राप्त भएपनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवन साथीलाई पनि केही पीडा हुने दिन रहेको छ ।काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । केही दण्ड जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । शत्रुबाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नशा, जोर्नी वा घुडा सम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ । घर खर्च बढ्नेछ । आय आर्जनमा कमी आउने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नोकरीमा पदोन्नति, व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हात लागि हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ, सन्तानबाट प्रसन्नता मिल्नेछ । साथै, टाढाको यात्रा पनि होला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धनधान्य लाभ, कृषि कर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ, बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
निजी व्यवसाय र कृषि कर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *