काभ्रे बेथानचाेक मा दुर्घटना परि मृत्युु भयका काे ८जाना काे शव आफ्नत ले बुझे र अन्त्येष्टि गरे
पुस १गते :काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलाल गणेशस्थान नजिकै मंसिर २७ गते भएको बस दुर्घटनाका मृत्यु भएका १७ जना मध्य एकै परिवारका ८ जनाको शव परिवारले आज बुझेका छन् । बस दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भएको थियो ।
एकै परिवारका ७९ वर्षीया निर्मलामाया तामाङ, ५५ वर्षीय कुमार तामाङ, २८ वर्षीय मन्जु तामाङ, ११ वर्षीय पुष्कर तामाङ, वर्षीय भाइ बुद्ध तामाङ, २७ वर्षीय कोपिला तामाङ, ५० वर्षीय आकुर तामाङ र ४३ वर्षीया हेमा तामाङको मृत्यु भएको थियो ।
मृतक कुमारको दुई छोरा विदेश भएकाले उनीहरुको शव बुझ्ने कोही नहुदाँ ४ दिनसम्म आठ वटै शव धुलिखेल अस्पतालको शव गृहमा राखिएको थियो । उनीहरुको शव बुझ्नका लागि विदेशबाट कुमारका छोराहरु स्वदेश फर्किएपछि आज (शुक्रबार) आठै जनाको शव जिम्मा लिएर अन्त्येष्टिका लागि काठमाडौंस्थित स्वयम्भू लगिएको छ ।
दुर्घटनामा परी २२ जना घाइते भएको थिए । घाइते मध्य केहीको डिस्चार्ज भएको र केहि विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।