असोज २गते बुधवार को राशिफल हेर्नुस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विवाद पनि बढनेछ, घरायसी समस्या पनि आउला । पढाइ लेखाइमा ध्यान दिन नसकिएला । साथै रुपैया पैसाको पनि नाश हुने दिन छ, विचार गर्नुहोला । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्त हुनेछन् । साथै, अर्थको पनि हानी हुने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गलत विचारहरुले काममा बाधा सिर्जना गर्नेछ । अरुको काम धेरै गर्नुपर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसा लेनदेनको काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर ब्यापारमा भने फाइदै होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्नेछन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नुपर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ । जागीरमा सम्मान पाइनेछ । व्यापारमा गरेको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आय आर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला । खर्च बढ्ने, गलत विचार बढ्ने, विवाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुने दिने छ । पीडा दिनेहरु सक्रिय रहलान ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफूतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने दिन छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *