एमाले माओवादी केन्द्र मिलेर सरकार बनाउने सहमति

पुस १०गते :कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेकका प्रमुख दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउने सहमति गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रमुख दलहरुको बैठकले दाहालको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।

दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेस गर्ने सहमति भएको छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ सहित जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतले समर्थन गर्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आइतबार साँझ ५ बजेको समय दिनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *