साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले हात पार्यो

कातिक १४गते :साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम नेपाललाई २-१ ले हराउदै बंगलादेशले उपाधि जितेको हो ।

यो सँगै साफ फाइनलमा नेपाल छैटौं पटक स्तब्ध भएको छ । बंगलादेशले भने लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो। रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो।

मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गरेकी थिईन् । लगत्तै नेपालले गोल फर्काएको थियो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा प्रिति राइको पासलाई सदुपयोग गर्दै खेललाई १-१ को अवस्थामा ल्याएकी थिइन्।

बंगलादेशले खेलको ८१ औं मिनेटमा पुन अग्रता बनायो। बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *