जुवा खेल्ने १०जाना पक्राउ

कातिक १८गते :जुवा खेलेको आरोपमा प्रहरीले तुलसीपुरबाट १० जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१७, वनकट्टास्थित देव बहादुर वलीको घरमा शनिबार जुवा खेलिरहेको अवस्थामा १ लाख ३३ हजार १ सय १० रुपयाा नगदसहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले बताए

पक्राउ पर्नेमा घरधनी ५१ वर्षीय वलीसहित तुलसीपुर–१७, वनकट्टाका ५७ वर्षीय भिम वली, ४९ बर्षीय लुमासिंह बस्नेत, ३२ बर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशर बहादुर वली र ३६ वर्षीय शरद वली छन् ।

यसैगरी सोही ठाउँकै ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेख बहादुर वली, ४९ वर्षीय मदन वली र घोराही उपमहानगरपालिका–९, अश्वाराका ४९ वर्षीय बालाराम भट्टराई पनि पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको डिएसपी थापाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *