काठमान्डुलाई सुदूरपश्चिमले दियो १६८ रनको लक्ष्य
काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको हो ।
म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे । ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए ।काठमान्डुका रासिद खानले २ विकेट लिए ।
सुदुरपश्चिम र काठमाडौं दुवै टिम प्रतियोगितामा दोस्रो जितको खोजीमा छन् ।