एकैदिन प्रतितोला २१ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपाली बजारमा आज प्रतितोला सुन २१ सय बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *