स्ट्यान्डर्ड चार्टर्ड बैंकको व्यवस्थापन नेतृत्व पहिलोपटक नेपालीलाई, सीइओमा गोरख राणा नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् ।

राणालाई बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि डेपुटी सीईओ रहेका राणालाई जनवरी १ देखि लागूहुनेगरि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बनेका छन् ।

रानासँग तीन दशकभन्दा बढी बैंकिङ अनुभव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *