विराटनगरविरुद्ध काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर किंग्सलाई १ विकेटले हराउँद काठमाडौंले प्लेअफको सम्भावनालाई जिवितै राखेको छ ।

विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा ग¥यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा १ बल छँदा १ सय १७ रन बनाएको थियो ।

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रनको योगदान दिए । यस्तै, दिपक बोहोराले २०, स्कट एडवार्डस १५, बसिर अहमदे १३ तथा निकोलस किर्तन ले १२ रन बनाए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले तीन, दिपेश कँडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले एक–एक विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *