पाेखरा मा यति एयरलाइन्स काे बिमान दुर्घटना थप विबरण आउन बाकि
माघ १गते :आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको जहाज भर्खरै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लागेको थियो । आइतबार बिहान काठमाडौंबाट यती एयरको उक्त जहाज १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको थियो ।
विमान अवतरण हुनै लाग्दा कास्कीस्थित सेति नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो । जहाज पूर्णरुपमा जलेको छ। जहाज दुर्घटनास्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भन्दा २ किमि टाढा मात्रै रहेको बताइएको छ ।
जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेको खुलेको छ । यतिबेला सुरक्षाकमीको टोलि घटनास्थलमा खटिएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।