सुनचाँदीको मुल्य आज पनि घट्यो,कतिमा भईरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन हिजो बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएकोमा आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ । बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ थियो ।