आज पनि घट्यो सुनको मुल्य ,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला ४ दिनयता सुन लगातार घटेको हो।

पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य घट्दै शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।

बिहीबारको तुलनामा भने सुन तोलामा ५०० रुपैयाँ घटेको छ। बिहीबार १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघले शुक्रबार चाँदी तोलामा १ हजार ७६० रुपैयाँ तोकेको छ। बिहीबार १ हजार ७८० रुपैयाँ थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *