महिला यू–१९ एसिया कप क्रिकेट : नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा
काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बाहिरिएको छ । शुक्रबार भएको सुपर फोर अन्तर्गतको खेलमा बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
वर्षाले गर्दा ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । उधपी, तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न नसक्दा बाहिरिन पुग्यो ।
नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रन आउट भए ।
त्यस्तै सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले भने ११ बलमा ९ रन मात्रै जोड्न सकिन् । यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित बनाएको छ ।