सुनको मुल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य तोलामा २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको छ । आइतबार तोलाको एक हजार ७ सय ९० थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *