शेयर बजार १४ अंकले वृद्धि, कारोबार रकम ५ अर्ब २० करोड पुग्यो
काठमाडौं। मंगलबार नेपाली शेयर बजारमा १४.११ अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६२६.३१ मा पुगेर आजको कारोबार समापन भएको हो।
आज ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयरको खरिदबिक्री भएको छ, जसको कुल कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ पुगेको छ।
आज ३ वटा कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, गुँरास लघुवित्त, र सामुदायिक लघुवित्त १० प्रतिशतले मूल्य वृद्धि भएको हो।
जानकी फाइनान्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ, जहाँ २० करोड ७ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ।
आज १६७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। साथै, ६ कम्पनीका शेयर मूल्य स्थिर रहेको छ।