काजकिस्तानमा विमान दुर्घटना, २५ जनाको जीवितै उद्धार

काठमाडौँ। काजकिस्तानमा बुधबार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। विमानमा ६७ जना सवार थिए, जसमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए।

काजकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले उक्त दुर्घटनामा २५ जना जीवितै उद्धार भएको पुष्टि गरेको छ। तीमध्ये २२ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

विमान अजरबैजान एयरलाइन्सको जे २–८२४३ हो, जुन अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नी उडेको थियो। विमान काजकिस्तानको अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको बताइएको छ।

प्रारम्भिक जानकारी अनुसार, उक्त विमानलाई आँधीबेहरीका कारण उडान रद्द गरि अन्य मार्गमा डाइभर्ट गरिएको थियो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *