दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको सङ्ख्या १७७ पुग्यो
काठमाडौँ : दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृतकको संख्या १७७ पुगेको छ।
जेजु एअरको बोइङ–७३७ विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए । आज बिहान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमान थाइल्यान्डको राजधानी बैंककबाट उडेर कोरिया आउँदै थियो।
विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको जानकारी प्राप्त भएको छ। दुर्घटनामा मृत्यु हुनेमा ८४ महिला ८२ पुरुष रहेका छन् । बाकि ११ जनाको पहिचान हुन बाकि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।