पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।

उहाको २९ डिसेम्बरका दिन अमेरिकाको जर्जियामा निधन भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन्।

कार्टर १ अक्टुबर १९२४ मा जन्मनुभएको थियो । उहा १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपति हुनुहुन्थ्यो।

उहाले रिपब्लिकन पार्टीका राष्ट्रपति गेराल्ड फोर्डलाई हराउँदै राष्ट्रपति पदमा विजय प्राप्त गर्नुभएको थियो।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि १९७८ मा क्याम्प डेभिड सम्झौतामा मध्यस्थता गरेर उहाले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, जसका कारण २००२ मा उहालाई नोबेल शान्ति पुरस्कार प्रदान पनि गरिएको थियो।

राष्ट्रपतिको पदमा रहँदा वा पछि पनि कार्टरले ‘कार्टर सेन्टर’ मार्फत शान्ति, मानवअधिकार र चुनाव पर्यवेक्षण जस्ता सेवामूलक क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको थियो।

उहा अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहने राष्ट्रपति रहनुभएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *