स्तन क्यान्सरको वंशाणुगत परीक्षण, अब नेपालमै सम्भव छ !

काठमाडौँ: स्तन क्यान्सरको वंशाणुगत परीक्षण अब नेपालमा सम्भव भएको छ । विगतमा नेपालमै गर्न नसकिने स्तन क्यान्सरको वंशाणुगत परीक्षण अब नेपालमै गर्न सकिने भएको हो । 

जिन सिक्वेन्सिङका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । तर अब यस्तो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै हुने भएको छ । प्रयोगशालाले सफलतापूर्वक परीक्षणहरु गरेपछि वंशाणुगत परीक्षण सम्भव भएको हो । 

प्रत्येक वर्ष करिब २ हजार जनाले  स्तन क्यान्सरको वंशाणुगत गराउँदै आएका छन् । तर यसको सुविधा नेपालमै थिएन । यसअघि सरकारले क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण नेपालकै प्रयोगशालामा सम्भव गराउने प्रतिवद्धता गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *