फेरि बढ्यो सुनको मूल्य, १ लाख ५३ हजार ५ सय रूपैयाँ तोला
काठमाडौँ: आज सुनको मूल्य बढेको छ । १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार १ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको हो ।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको देखिन्छ । १ हजार ७ सय ९० रूपैयाँ रहेको चाँदी शुक्रबार २० रूपैयाँले बढेर १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।