किन्ने हो सुन ? प्रतितोला १५०० घट्यो
काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेको हो ।
अर्कोतर्फ सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबारसुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रूपैयाँ तोकिएको छ ।