नेकपा एमाले बैठक : तेस्रो दिन पनि प्रतिवेदनमा बोल्ने क्रम जारी

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले विचार व्यक्त गर्ने क्रम पूरा भएको छ।

पार्टीको मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनप्रति नेताहरुले आफ्ना धारणा प्रस्तुत गरिसकेका छन्।

अब प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्ष ओलीले दिदै हुनुहुन्छ । आइतबारबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

अब ओलीको सम्बोधनपछि बैठक आगामी योजनाबारे निर्णय गर्दै समापन हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *