सुनचाँदीको मूल्य बढ्यो ,कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ।

बुधबारको मूल्य १ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार १ हजार ८४० रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *