सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ : बिहीबारको तुलनामा आज सुन प्रतितोला आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज १ लाख ५४ हजार १०० मा कारोबार भएको छ । त्यस्तै चाँदी प्रतितोला एक हजार ८४५ रुपैँयामा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।