प्रधानमन्त्री ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आज बिहान भेटघाट भएको छ।

सो अवसरमा समसामयिक राजनीतिक परिस्थितिहरूमा विचारविमर्श भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले सरकार संविधान संशोधन गर्न सहमतिको आधारमा प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो ।

उहाले २०८७ मा संविधान संशोधनको प्रस्ताव राखेको विषयमा स्पष्ट गर्दै भन्नुभयो, संसदमा रहेका केही दलहरूले संशोधन गर्न नदिने कुरा उठाइरहेको अवस्थामा सहमति बनाउन समय लाग्न सक्ने र संशोधन पछि धकेलिन सक्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

त्यसै अवसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश हाल गम्भीर संकटबाट गुज्रिरहेको कुरामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *