जय ट्रफीमा आर्मी क्लबको सहज जित, मधेश जितविहीन
काठमाडौं : जय ट्रफी एलिट कपको समूह चरणअन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशमाथि ८ विकेटको सहज जित हात पारेको छ। वीरगञ्जमा सम्पन्न पाँचौं खेलमा आर्मीले मधेशको २८ रनको लक्ष्य ६ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। यस जितसँगै आर्मीले जय ट्रफीमा पहिलो पटक विजयको स्वाद चाखेको हो। यसअघि आर्मीले दुई खेलमा ड्र खेलेको थियो।
मधेशले पहिलो इनिङमा आर्मीलाई २२५ रनको लक्ष्य दिएपछि १५० रनमा अलआउट भयो र २७ रनको अग्रता बनाउँदै २८ रनको लक्ष्य राखेको थियो। मयन यादवले सर्वाधिक ४९ रन बनाए भने कप्तान हरिशंकर साहले १४२ बल खेलेर २५ रन मात्र बनाए। आर्मीका बसिर अहमदले ४ विकेट लिएका थिए भने साहब आलमले ३ र आकाश चन्दले २ विकेट लिए।
पहिलो इनिङमा आर्मीले २२५-९ को स्कोरमा इनिङ घोषणा गरेको थियो भने मधेश १०२ रनमा समेटिएपछि फलोअनमा परेका थिए। यस जितसँगै आर्मीले फाइनलमा स्थान बनाएको छ।